• दृष्टि खबर

उदयपुर । कटारी नगरपालिका वडा नं. ७ मा आफ्नै नातिले हजुरआमा लाई धरिलो हतियार प्रयोग गरि हत्या गरेका छन । जग्गाको बिषयमा विवाद भए पछि बिहान पख अन्दाजी ७२ वर्षिय हजुरआमा मनमाया दनुवारलाई घरमै आएर घटीमा खुकुरी प्रहार गरि हत्या गरेको स्थानीयले बताएका छन । हत्यामा सम्लग्न रोहित दनुवार हाल फरार रहेको छन । यसअघि पनि रोहितले जग्गा बेचेर पैसा दिनु भन्दै धम्की दिने, मनसिक यातना दिदै आएका थिए । लामो समय बिदेश बसेर आएका रोहित केही महिना अगाडी मात्र घर आएका थिए । बिदेश बाट घर आए लगत्तै पनि उनले आफ’ले काठमाडौंमा मःम पसल खोलेको छु पैसा दिनु भन्दै घरमा धम्की दिएका थिए । रोहितले आफ्नो भागको जग्गा बेच्न पाउ भन्दै हजुर आमा लाई दबाब समेत दिइरहेका थिए । घटनास्थल मा किल्ला ठोक्ने हम्मर र खुकुरी भेटिएको छ । घटना घटाए लगत्तै रोहित दनुवार फरार भएका छन । घटना बारे थप अनुसन्धान भैरहेको छ । घटनाबारे थप अनुसन्धान गर्न कटारीबाट इन्स्पेक्टर टिकाराम राइको नेतृत्वमा प्रहरी टोली घटनास्थल तर्फ लागेको छ ।

 

तपाईको प्रतिक्रिया