काठमाण्डौं- सुरज शाह ठकुरीद्धारा निर्मित ‘तोरी पहेँलै’ बोलको गीत श्रष्टा सर्जक केशवराज चौलागाइको शब्द/सँगीत र रामकृष्ण थापाको सँगीत सँयोजनमा तयार पारिएको हो ।

यस गितमा बिनोद दनुवार, सुरज शाह ठकुरी, पार्वती कार्की तथा रमिला कोइरालाले आवाज दिएका छन् । यस लोक गीतमा पश्चिमेली थेगो सहित विशेषगरी काठ क्षेत्रलाई मध्यनजर गर्देै पुर्वी भेगको रस राग नि प्रयोग गरिएको छ । पुर्व मेची देखी पश्चिम महाकाली सम्मको समावेसी लोक गायनलाई समेट्न खोजिएको निर्माण टिमले बताएका छन् ।

गीतमा कृष्ण रसाल र सिलु गजुरेल लगाएतका टिमको अभिनय रहेको छ । राज पोखरेलको छायाँङ्कन रहेको गीतमा सम्पादन भने अच्युत बजगाइले गरेका छन् । तोरी पहेँलै नामक यस गीत ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो । यस अघि पुर्बिय लोकलयमा आधारीत गाईघाट बजार, गाईघाट बजार-२, हलेशी बजार, रोैता डाडामा कान्छा कान्छि, भोर्लाको पात “कत जेबई मछली” जस्ता गीतहरुलाई उनका दर्शक श्रोताहरुले राम्रै नै रुचाई नि रहेका छन् र केही समय अगाडि उनका आफ्नै च्यानलबाट सार्बजनिक भएका “सररर बोलेरो गाडिमा, छिन छिन मै तिम्रो याद र स्वाहा भो” बोलको गीतले पनि माया बटुलि नै रहेको छ ।

“तोेरी पहेँलै” लोक दोहोरी गितको अडियो भिडियो राम्रै तयारिको साथ गरिएकाले अझ धेरै माया पाउने अपेक्क्षा उनले राखेका छन् र सबैले एक पटक हेरिदिनु हुन पनि बिनम्र अनुरोध गरेका छन्  ।

भिडियो हेर्नुहोस् ।

 

तपाईको प्रतिक्रिया