धनेश्वर – अन्तर्राष्ट्रिय युवा दिवसको अवसरामा काभ्रे जिल्ला युवा समितिको आयोजनामा धनेश्वार महादेब मन्दिरमा सरसफाई तथा बृक्षरोपन कार्यक्रम सम्पन्न भएको छ । शनिबार जिल्लाको युवाहरुको सहभागितामा बिहान मन्दिर आसपास सरसफाई एवं बृक्षरोपन गरेर युवाहरुले युवा दिवस मनाएको हो ।अन्तर्राष्ट्रिय युवा दिवस शुक्रबार परेपनि नेपालीहरुको पर्व जनैपुर्णिमा परेको कारण शनिबार सरसफाई एवं बृक्षारोपन आयोजना गरेर युवा दिवस मनाएको जिल्ला युवा समिति काभ्रेका अध्यक्ष प्रकाश थापाले बताए । युवाहरु बिभिन्न कार्यक्रमहरुमा सहभागिता भएर ऐतिहासिक कला सम्पदा हरुको संरक्षण गर्न प्रेरित गर्नको लागि सरसफाई कार्यक्रमको आयोजना गरिएको थापाले बताए । युवाहरु सचेत भएर जनचेतना दिने हरेक कार्यहरुमा सहभागिता हुनुपर्छ भन्ने उद्धेश्यले मन्दिरमा सरसफाई कार्यक्रम आयोजना गरिएको थापाले बताए ।कार्यक्रममा पनौती नगरपालिका वडा नं ५ का अध्यक्ष बिनोद खत्रीले युवाहरुले चाहे भने हरेक खालको समस्यहरु समधान हुने बताए । युवाहरु एक भए भने गर्न सक्न उदाहरण आज भएको सरसफाईले समेत देखाएको बताए । अहिले पछिल्लो समयमा युवाहरु बिभिन्न कुलतमा फसिरहेको तर त्यस तर्फ ध्यान दिएर युवाहरुलाई सृजनशिल कार्यहरुमा जोड्दिदै जानुपर्ने वडा अध्यक्ष खत्रीले बताए ।धनेश्वर क्षेत्र बिकास कोषका अध्यक्ष गोबिन्द थापाले जिल्लाको युवाहरु मिलेर मन्दिर आसपास सरसफाई एवं बृक्षरोपन कार्य गरिएकोमा धन्यवाद ब्यक्त गर्दै आम युवाहरु सामाजिक कार्यमा एकजुट भएर लाग्नुपर्ने बताए ।

शनिबार भएको सरसफाई एवं मन्दिर वरपर बृक्षारोपन कायक्रममा स्थानियहरु, सञ्चारकर्मी, पनौती चौकीका प्रहरी लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया