भकुण्डेवेशी– संविधान दिवस २०७९ को अवसरमा नमोबुद्ध नगरपालिकाले भकुण्डेवेशीमा दिप प्रज्वलन गरेको छ ।

संविधान सभाबाट संविधान जारी भएको ऐतिहासिक दिनको स्मरणमा मनाइने दिवसको अवसरमा नगरपालिकाको केन्द्र भकुण्डेवेशीस्थित चोकमा दिप प्रज्वलन गरिएको हो ।

कार्यक्रममा नगर उपप्रमुख रत्नबहादुर लामा, प्रवक्ता समेत रहेका वडा नं ६ का अध्यक्ष टिकाबहादुर केसी, वडा नं ७ का अध्यक्ष धर्मसिं लामा, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी, प्रशासकीय अधिकृत विनोद रसाइली, जनप्रतिनिधी, कर्मचारी र स्थानीयको सहभागिता थियो ।

दिवसकै अवसरमा नगर प्रमुख कुन्साङ लामाले शुभकामना सन्देशमार्फत देशभित्र र बाहिर रहने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरूमा शुभकामना व्यक्त गर्र्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनको क्रममा जीवन गुमाउनु हुने ज्ञात अज्ञात शहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

लोकतान्त्रिक आन्दोलनबाट प्राप्त सम्पूर्ण उपलव्धीलाई संस्थागत गर्दै आर्थिक समृद्धी र समुन्नतीको दिशामा मुलुक अझै तीव्र रूपमा अघि बढ्न सकोस् भनि शुभकामना समेत व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया