२०८१ चैत्र ३०, शनिबार

सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

आइतबार, १० चैत २०८१ काठमाडौँ /साताको कारोबारको पहिलो दिन सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा ९०० रुपैयाँ घटेको हो । महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७५ हजार रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस