२०८१ चैत्र ३०, शनिबार

मकवानपुरमा दुई टिपर ठोक्किँदा तीनजना घाइते !!!

मकवानपुरमा दुई टिपर ठोक्किँदा तीनजना घाइते !!!

१० चैत्र काठमाडौं/मकवानपुरमा दुई टिपर आपसमा ठक्कर खाई दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । पूर्व–पश्चिम सडकखण्डमा शनिबार सो दुर्घटना भएको हो। मनहरीबाट हेटौँडातर्फ जाँदै गरेको ना १ क ८६९५ नम्बरको टिपर र विपरीत दिशाबाट आइरहेको ना८ख ४९७९ नम्बरको टिपर आपसमा ठक्कर खाई दुर्घटना भएको हो । दुर्घटनामा परेर ना८ख ४९७९ नम्बरको टिपरका चालक कृष्ण थापा मगर र सोही टिपरका सहचालक कृष्ण घाइते भए ।
मगरको टाउकोमा चोट लागेको छ भने थिङको शरीरका विभिन्न भागमा चोट लागेको छ । मनहरी अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारका निम्ति उनीहरूलाई पुरानो मेडिकल कलेज चितवन पठाइएको प्रहरीले जनाएको छ। त्यस्तै, सामान्य घाइते भएका ना१क ८६९५ नम्बरको टिपर चालक मोहन लामालाई उपचारक लागि हेटौँडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस