२०८१ चैत्र ३०, शनिबार
भीषण आगलागी

भीषण आगलागी : इटहरीे सेन्टर प्लाजा

इटहरीे सेन्टर प्लाजा
भीषण आगलागी : इटहरीे सेन्टर प्लाजा

१३ चैत्र काठमाडाैँ /  विराटनगर सुनसरीको इटहरी उपमहानगरपालिकाको मुख्यचोकमा रहेको सेन्ट्रल प्लाजामा भीषण आगलागी भएको छ । बुधबार बिहान १० बजेतिर सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार, नेपाल प्रहरी, वारुण यन्त्र कर्मचारी र स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । आगलागी नियन्त्रणमा इटहरी उपमहानगरपालिका, दुहबी, बराहक्षेत्र र रामधुनी नगरपालिकाबाट आएका दमकल प्रयोग गरिएको छ ।

आगलागीको कारण खुल्न सकेको छैन । प्लाजाको पाँचौँ र छैटौँ तलामा आगलागीबाट क्षति भएको छ । आगलागीबाट मानवीय क्षति नभएको र आर्थिक क्षतिबारे यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस