२०८१ चैत्र ३०, शनिबार
कुलमान घिसिङ

विद्युत् प्राधिकरण अगाडि विरोध प्रदर्शन

विरोध प्रदर्शन
विद्युत् प्राधिकरण अगाडि विरोध प्रदर्शन

१३ चैत, काठमाडौं /कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट सरकारले हटाएको विरोधमा आज पनि काठमाडौंमा प्रदर्शन भएको छ । महिला र पुरुषहरुको समूह नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालय अगाडि भेला भएर प्रदर्शन गरेको हो ।

सरकारले घिसिङको काम सन्तोषजनक नभएको ठहर गर्दै चैत ११ गते पदबाट हटाउने निर्णय गरेको थियो । घिसिङलाई हटाएर उनको स्थानमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरिएको छ ।

कुलमानलाई हटाउनु गलत भएको भन्दै सदन र सडकबाट सरकारको विरोध भइरहेको छ । आज प्रतिपक्षी दलहरुले राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठक अवरुद्ध पारेका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस