२०८१ चैत्र ३०, शनिबार
काठमाडौं

उपसमितिबाट पारित निजामती विधेयक संसदीय

उपसमितिबाट पारित निजामती विधेयक संसदीय
उपसमितिबाट पारित निजामती विधेयक संसदीय

१४ चैत, काठमाडौं / संघीय निजामती सेवा सम्बन्धी विधेयक संसदीय उपसमितिबाट पारित भएको छ ।नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडू नेतृत्वको उपसमितिले विधेयकको प्रतिवेदन पारित गरेर मूल समितिमा बुझाएको छ ।

बिहीबार सिंहदरवार स्थित समितिको सभा कक्षमा उपसमितिका संयोजक बडूले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई विधेयकको प्रतिवेदन बुझाएका हुन् । विधेयकका अधिकांश विषयमा सहमति जुटाएको उपसमितिले अवकाश लगत्तै संवैधानिक नियुक्ति र परामर्शदाताको रुपमा काम गर्नका लागि निश्चित समय नपाउने प्रावधानमा थप छलफल गर्न मूल समितिलाई सिफारिस गरेको छ ।

उपसमितिले भने संवैधानिक निकायमा नियुक्तिका लागि १ वर्ष र अन्य संस्थामा परामर्शदाताको रूपमा काम गर्न २ वर्ष कुलिङ पिरियड राख्न उपयुक्त हुने प्रतिवेदनमा लेखेको छ । यो विषयमा पनि मूल समितिमा थप छलफल हुनेछ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस