२५ चैत, काठमाडौं / राजावादी समूहले १५ चैतमा गरेको हिंसात्मक प्रदर्शनका बेला तीनकुनेमा ट्राफिक लाइट तोडफोड गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कुमार तामाङ रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले बताए । उनका अनुसार, तामाङलाई भक्तपुर क्षेत्रबाट पक्राउ गरेर ल्याइएको हो ।
तामाङले जडिबुटीमा रहेको एक घरमा समेत आगजनी गरेको प्रहरीको भनाइ छ । यो घटनामा उपत्यका अपराध अनुसन्धान कार्यालयले मात्र २७ जनालाई पक्राउ गरेको छ । उनीहरुविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौंले विस्तृत अनुसन्धान गरिरहेको छ ।