२०८१ चैत्र ३०, शनिबार

काठमाडौंमा वायु प्रदूषण घट्यो

काठमाडौंमा वायु प्रदूषण घट्यो

२९ चैत काठमाडौं /  झन्डै तीन सातायता उच्च रहेको काठमाडौं उपत्यकाको वायु प्रदूषण बिहीबार (चैत २८)देखि केही कम भएको छ ।

शुक्रबार बिहान ११ः१५ बजे उपत्यकाका तीन स्थानको वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति ‘अस्वस्थकर’ छ । ती स्थानको वायुको गुणस्तर मापदण्ड (एक्यूआई) १०० देखि १२० सम्म छ ।

यीबाहेक अरू स्थानको एक्यूआई १०० कम छ । उपत्यकाका विभिन्न स्थानको एक्यूआई बुधबार (चैत २७) दिउँसोसम्म अधिकतम १५० देखि १८० सम्म थियो ।

एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति ‘अस्वस्थकर’ हुन्छ । त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ । यस्तै, २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ बन्दै जाने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मापदण्ड छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस