सत्र वर्षदेखि ओछ्यानमै मुकेश
लोकतन्त्रका लागि देशभर राजनीतिक दल, नागरिक समाज, कर्मचारी, सञ्चारकर्मी, विद्यार्थी, मजदुर र सर्वसाधारण सबै चैतेधूपको कुनै पर्वाह नगरी आन्दोलनमा होमिएका थिए । आन्दोलनको कार्यक्रम दिन प्रतिदिन चर्किंदै जाँदा २०६२ साल चैत २६ गते काभ्रेको उग्रचण्डी नालाका भीमसेन दाहालको पोखरामा गोली लागेर मृत्यु भयो । चैत २७ गते दाहालको शव काभ्रेमा ल्याउने तयारी हुँदै गर्दा यहाँ पनि आन्दोलन चर्...