२०८२ बैशाख १, सोमबार
जिल्ला प्रशासन कार्यालय पर्सा

वीरगञ्जमा आज राति १२ बजेसम्म थपियो कर्फ्यु

वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश थप
वीरगञ्जमा आज राति १२ बजेसम्म थपियो कर्फ्यु

३१ चैत, काठमाडौं / जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२ बजेसम्म थप गरेको छ ।

दुई समुदायबीच झडप भएपछि शनिबार साँझ ७ः३० बजेदेखि आइतबार दिउँसो १२ बजेसम्म कर्फ्यु लगाइएको थियो । स्थिति अझै सामान्य नबनेको निष्कर्षसहित प्रशासनले आज चैत ३१ गते राति १२ बजेसम्म कर्फ्यु जारी राख्ने निर्णय गरेको हो ।

पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए । ‘आज राति १२ बजेसम्म निरन्तरता दिएका छौं, त्यसपछिको वस्तुस्थिति विश्लेषण गरेर थप निर्णय लिने छौं,’ उनले भने ।

विश्व हिन्दू परिषद् नेपाल, वीरगञ्ज महानगर समितिले आयोजना गरेको शोभायात्रा शनिबार अपराह्न करिब ४ः५० बजे वीरगञ्ज महानगरपालिका–२ श्रीराम हलस्थित जामा मस्जिद अगाडि पुग्दा दुई समूहबीच झडप भएको थियो ।

अवस्था तनावग्रस्त बनेपछि प्रहरीले ५ः४० बजे पाँच सेल अश्रुग्यास फायर गरेको थियो । झडपका क्रममा एक थान मोटरसाइकलमा आगजनी समेत भएको थियो । सोही ठाउँमा एउटा फ्रिज पनि पसलबाट बाहिर निकालेर आगजनी भएको थियो । घटनास्थलमा खटिएका ८ जना प्रहरी घाइते समेत भएका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस