२०८१ चैत्र २९, शुक्रबार
दुर्गा प्रसाइ

दुर्गा प्रसाइ  विरुद्ध साइबर ब्यूरोमा उजुरी

साइबर ब्यूरोमा उजुरी
दुर्गा प्रसाइ  विरुद्ध साइबर ब्यूरोमा उजुरी

१७ चैत, काठमाडौं । राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईं विरुद्ध साइबर ब्यूरोमा अर्को उजुरी परेको छ । ब्यूरोका डीआईजी नवीन्द अर्यालका अनुसार अधिकारकर्मी टिकाराम भुसालले उजुरी दिएका हुन् । उनले यौनिक तथा अल्पसंख्यक समुदाय लक्षति भ्रामक र झुटो विवरण प्रस्तुत गरेको दाबी गरएिको छ ।

यसअघि यही विषयमा सुनिलबाबु पन्तले समेत उजुरी दिएका थिए । मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले प्रसाई विरुद्ध उजुरी दिएका थिए । प्रसाईंले यौनिक तथा अल्पसंख्यक समुदाय लक्षति घृणा फैलाउने अभव्यक्ति दिएको उजुरीमा उल्लेख गरिएको थियो ।

प्रसाईंकै कमान्डमा भएको राजावादीहरूको प्रदर्शनमा तोडफोड र आगजनी भएर दुई जनाको मृत्यु समेत भएपछि प्रासाईं भने फरार छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस