२९ चैत, काठमाडौं /भारतबाट नेपाल ल्याइएका दुर्गा प्रसाईंलाई जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको छ ।
उनलाई आज बिहान भारत आसामको गुवाहाटी हुँदै गाडीमा राखेर झापाको काँकडभिट्टा ल्याइएको थियो । झापा ल्याउने बेला नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्कर्टिङ गरेका थिए ।
उनलाई झापा ल्याएर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको एक प्रहरी अधिकृतले बताए । उनलाई आजै विमानमार्फत् काठमाडौं ल्याउने तयारी छ ।