२०८१ चैत्र ३०, शनिबार
तीनकुने

दुर्गा प्रसाईंका अंगरक्षक पक्राउ

अपराधसम्बन्धी कसूरमा फरार रहेका दुबै जना पक्राउ
दुर्गा प्रसाईंका अंगरक्षक पक्राउ

२९ चैत काठमाडौँ / प्रहरीले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंका साथै उनका अंगरक्षक दीपक खड्कालाई पनि पक्राउ गरेको छ ।

दुबै जनालाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि काठमाडौँ ल्याइँदै गरेको प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले जानकारी दिए ।

चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न गरी राज्य विरुद्ध र संगठित अपराधसम्बन्धी कसूरमा फरार रहेका दुबै जनालाई पक्राउ गरिएको उनको भनाइ छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस