२९ चैत काठमाडौँ /आज (शुक्रबार)बाट २ नयाँ नेपाली फिल्म प्रदर्शनमा आएको छ । फिल्म हुन् ‘पिताम्बर’ र ‘कर्मा’ ।
नयाँ वर्ष २०८२ को छेको पारेर फ्राईडे रिलिजको परम्परा धान्दै यी दुवै फिल्म देशभर एकसाथ प्रदर्शनमा आएको हो । दुवै फिल्मले शोज समेत राम्रो पाएको छ । देशभरको हल यी दुई फिल्मको कब्जामा मात्र छैन । किनभने अघिल्ला साताहरूमा प्रदर्शनमा आएका ‘अञ्जीला’, ‘लाज शणम्’ लगायतका फिल्मले अझै केही स्टेसनमा कब्जा जमाएको छ ।
‘पिताम्बर’ कृषा चौलागाई निर्देशित फिल्म हो, भने ‘कर्मा’का निर्देशक सौरभ चौधरी हुन् ।
पिताम्बर : मल्टिस्टारर फिल्म ‘पिताम्बर’ केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को ब्यानरमा निर्माण भएको हो । फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरि, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रवीन्द्र भट्टराईको अभिनय छ ।
कर्मा : विपिन कार्की, उपासनासिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरी, दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायत कलाकारको मुख्य भूमिका रहेको ‘कर्मा’ एक्सन प्रधान फिल्म हो । फिल्म मार्फत विपिन पहिलो पटक एक्सन भूमिकामा देखिँदै छन् ।