२०८२ बैशाख १, सोमबार
यूएई विश्वकप

नेपालले यूएईविरुद्ध ब्याटिङ गर्दै

नेपालले यूएईविरुद्ध ब्याटिङ गर्दै

३१ चैत, काठमाडौं / काठमाडौंमा आजदेखि सुरु भएको आईसीसी यू–१९ विश्वकप एसिया छनोटअन्तर्गत पहिलो खेलमा नेपालले यूएईविरुद्ध ब्याटिङ गर्दैछ ।

तल्लो मुलपानी क्रिकेट मैदानमा निर्धारित समयभन्दा २ घण्टा ढिला गरी भएको टस जितेर यूएईका कप्तान पृथ्वी मधुले बलिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङ गर्ने भएको हो । पछिल्लो केही दिनमा भएको वर्षाका कारण मैदानमा असर परेपछि केही भाग सुकाउने कामले गर्दा ढिलाइ भएको थियो ।

खेल ४० ओभरमा घटाइएको छ । नेपाल, अफगानिस्तान, यूएई, हङकङ र ओमान सहभागी छनोटमा शीर्ष हुने टोली आगामी वर्ष हुने यू–१९ विश्वकपमा छनोट हुनेछ ।
नेपालको टोली : नरेन भट्ट (कप्तान), निरज यादव, अभिषेक तिवारी, साहिल पटेल, रोशन बिक, दिलसाद अली, दर्श सोनार, युवराज खत्री, अशोक धामी, अपराजित पौडेल, सन्तोष यादव

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस