२०८२ बैशाख २, मंगलबार
एसिया विश्वकप

बलिङ र ब्याटिङ चम्किँदा ओमानमाथि नेपालको सहज जित

बलिङ र ब्याटिङ चम्किँदा ओमानमाथि नेपालको सहज जित

१ वैशाख, काठमाडौं / स्पीनर युवराज खत्रीले ५ विकेट लिएपछि ओपनरले राम्रो ब्याटिङ गर्दै नेपालले आईसीसी यू–१९ विश्वकप छनोटमा लगातार दोस्रो जित निकालेको छ ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओमानमाथि ८ विकेटको सहज जित निकालेको हो । ११८ रनएसिया को लक्ष्य नेपालले १४.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । निरज यादवले ४६ तथा साहिल पटेलले ४४ रन बनाए । ओमानका सौम्या भविनले २ विकेट लिए ।

त्यसअघि युवराज खत्रीको पाँच विकेटमा नेपालले ओमानलाई ११७ रनमा अलआउट गरेको थियो । युवराजले ७ ओभरमा १५ रन दिएर ५ विकेट लिएपछि ओमान ३८ ओभरमा ११७ रनमा अलआउट भएको थियो ।

जीत व्रजेश साहले अर्धशतक बनाए । ७८ बलमा ६ चौकासहित उनले ५२ रन बनाए । सिद्धार्थ सोम्या शंकरले १६ रन बनाए । नेपालका लागि युवराजको ५ विकेटसँगै सन्तोष यादवले २ तथा दयानन्द मण्डल, अशोक धामी र अपराजित पौडेलले १–१ विकेट लिए ।

पहिलो खेलमा यूएईलाई हराइसकेको नेपालले अब तेस्रो खेलमा बुधबार हङकङसँग खेल्ने छ । पहिलो खेलमा यूएईलाई हराएको अफगानिस्तानले आज भएको अर्को खेलमा हङकङलाई हराएको छ ।

नेपाल, अफगानिस्तान, हङकङ, ओमान र यूएई सहभागी यस छनोटमा शीर्ष हुने टोली आगामी वर्ष हुने आईसीसी यू–१९ विश्वकपमा छनोट हुनेछन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस