२०८२ बैशाख २, मंगलबार

युवराजको ५ विकेटमा ओमान ११७ रनमा अलआउट

युवराजको ५ विकेटमा ओमान ११७ रनमा अलआउट

१ वैशाख, काठमाडौं / स्पीनर युवराज खत्रीले ५ विकेट लिएपछि आईसीसी यू–१९ विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले ओमानलाई ११७ रनमा अलआउट गरेको छ ।
युवराजले ७ ओभरमा १५ रन दिएर ५ विकेट लिएपछि ओमान ३८ ओभरमा ११७ रनमा अलआउट भएको हो । जीत व्रजेश साहले अर्धशतक बनाए । ७८ बलमा ६ चौकासहित उनले ५२ रन बनाए । सिद्धार्थ सोम्या शंकरले १६ रन बनाए ।

नेपालका लागि युवराजको ५ विकेटसँगै सन्तोष यादवले २ तथा दयानन्द मण्डल, अशोक धामी र अपराजित पौडेलले १–१ विकेट लिए ।
नेपालले पहिलो खेलमा यूएईलाई हराइसकेको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस