२०८१ चैत्र ३०, शनिबार
प्रतिनिधिसभा बैठक

संसद् बैठक बस्न ढिलाइ

कुलमान घिसिङ
संसद् बैठक बस्न ढिलाइ

१५ चैत, काठमाडौं प्रतिनिधिसभाको बैठक बस्न ढिलाइ भएको छ । शुक्रबार बिहान ११ बजे बस्ने भनिएको बैठक अहिले   सम्म सुरु हुन सकेको छैन । विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‍मा आएर जवाफ दिनुपर्ने अडान कायम राखेका छन् ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे प्रधानमन्त्रीको जवाफ नदिएसम्म सदन चल्न नदिने उनीहरूको अडान छ । तर, प्रधानमन्त्रीको तर्फबाट जवाफ दिने कुनै सूचना प्राप्त नभएको सभामुखको सचिवालयले जनाएको छ । सभामुख घिमिरेको सचिवालयले भनेको छ, ‘अहिलेसम्म प्रधानमन्त्रीले जवाफ दिने सूचना छैन ।’

यसअघि आजै सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस