१२ चैत्र काठमाडौँ / नेपाल विद्युत् प्राधिकरणका कार्यकारी कुलमान घिसिङलाई पदबाट निकालिएको विरोधमा निकालिएको प्रदर्शनका क्रममा नयाँ बानेश्वर क्षेत्रमा आन्दोलनकारी र प्रहरीबिच धकेलाधकेल भएको छ । बानेश्वरको निषेधित क्षेत्र तोड्न खोज्ने क्रममा धकेलाधकेल भएको हो ।
दर्जनौँको संख्यामा रहेका प्रदर्शनकारीले ब्यारिकेड तोड्न खोजेपछि धकेलाधकेल भएको हो । उनीहरूले मन्त्रिपरिषद्को निर्णय खारेज गर्न माग गरेका हुन् ।