२०८१ चैत्र २५, सोमबार
जिल्ला प्रहरी कार्यालय

रविलाई अदालतमा उपस्थित गराइँदै

सुप्रिम बचत तथा सहकारी प्रकरणमा पक्राउ
रविलाई अदालतमा उपस्थित गराइँदै

२५ चैत काठमाडौँ बुटवल /  बुटवलको सुप्रिम बचत तथा सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज प्रक्रिया पूरा गर्नका लागि रुपन्देहीस्थित जिल्ला अदालतमा उपस्थित गराइने भएको छ । अदालतमा उपस्थित गराएर प्रक्रिया पूरा भएपछि उनलाई आजै भैरहवा कारागार लगिने तयारी गरिएको हो ।

आज कार्यालय खुलेपछि प्रक्रिया पुराएर कारागार लैजाने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशसँगै उनलाई शुक्रवार काठमाडौँबाट पक्राउ गरी शनिबार विमानमार्फत भैरहवा ल्याइएको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस