३१ चैत काठमाडौँ / यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै शिक्षकहरू आन्दोलित बनेको १२ दिन पुगेको छ ।
तर, उनीहरूको मागको हालसम्म सुनुवाइ हुन सकेको छैन । यस्तै सहमति जुटाउने प्रयासस्वरुप पटक पटक वार्तासमेत भए पनि निकास निस्कन सकेको छैन ।
माग पूरा गर्न दबाब दिने उद्देश्यले देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरूले काठमाडौँमा सडक प्रदर्शन गर्दै आएका हुन् ।
यसैबिच संसदीय समितिले आन्दोलनरत शिक्षकहरूको विषय विधेयकको विषयवस्तु भएको र छलफल सकारात्मक रहेकाले आन्दोलनका कार्यक्रमबारे पुनर्विचार गर्न आग्रह गरेको छ ।