२०८१ चैत्र २५, सोमबार
शिक्षक जुलुस

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै सिटी जुलुसमा शिक्षकहरू

शिक्षा ऐन जारी गर्न माग
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै सिटी जुलुसमा शिक्षकहरू

२४ चैत, काठमाडौं /  शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै सिटी जुलुस निकालेका छन् । केही दिनयता काठमाडौं केन्द्रित प्रदर्शन गरिरहेका शिक्षकहरुले आज काठमाडौंको माइतीघरमा सिटी जुलुस निकालेका हुन् । उनीहरूले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म सिटी बजाएर सरकारको ध्यानाकर्षण गराएका हुन् ।

शिक्षक आन्दोलनले एसईई नतिजा तयारीमा ढिलाइ हुने नेपाल शिक्षक महासंघको आह्वानमा काठमाडौं उपस्थित भएका शिक्षकहरुले सरकारले चैत्र २५ गतेसम्म पनि आफ्ना मागहरु पूरा नगरे शैक्षिक हड्ताल गर्ने चेतावनी दिएका छन् ।

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु २०८१ माघ २० गतेदेखि निरन्तर आन्दोलनमा छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस