२०८२ बैशाख २, मंगलबार
नेपाल शिक्षक महासंघ

शिक्षकहरूको नयाँ वर्ष सडकमै, ऐन नलिई नफर्किने अडान

शिक्षकहरूको नयाँ वर्ष सडकमै, ऐन नलिई नफर्किने अडान

१ वैशाख, काठमाडौं /  शिक्षकहरूले नयाँँ वर्ष सडकमै मनाएका छन् । नेपाल शिक्षक महासंघले नयाँ वर्ष २०८२ सडकमै मनाउने बताएको छ ।

शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल गरेर आन्दोलन गरिरहेका शिक्षकहरूले नयाँ वर्ष सडकमै मनाउने भएका हुन् । ‘यसपालिका नयाँ वर्ष हामी सडकमा नै मनाउँदैैछौं । नयाँ वर्षको आरम्भको यो दिन पनि आम नेपाली विद्यार्थी, शिक्षक–कर्मचारी र विद्यालय शिक्षाको उन्नयनको पक्षमा आन्दोलनको मोर्चामा खर्च गर्दैछौं,’ शिक्षक महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने ।

शिक्षक महासंघको आह्वानमा २० चैतदेखि सडक आन्दोलनमा रहेका शिक्षकहरूले नयाँ वर्ष २०८२ को पहिलो दिन १ वैशाख (सोमबार) पनि माइतीघर–बानेश्वर सडक खण्डमा प्रदर्शन गरिरहेका छन् । सोमबार प्रदर्शनको १३औं दिन हो ।

यसबीच सरकार र महासंघका पदाधिकारी–प्रतिनिधिबीच पटक–पटक संवाद भए पनि सहमति जुट्न सकेको छैन । शिक्षकका सेवा सुविधाका विषयमा मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णय गरेर संसद्को आगामी अधिवेशनबाट ऐन जारी गर्नेगरी सरकारले बताउँदै आएको छ ।

तर, विगतमा पटक–पटक सहमति गर्ने तर कार्यान्वयन नहुने भोगाइका कारण शिक्षकहरूले ऐन जारी गर्ने सुनिश्चतता खोजिरहेका छन् । ऐन जारी नभएसम्म सडक आन्दोलन जारी राख्ने अडान शिक्षकहरूको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस