२५ चैत, काठमाडौं / शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग सोमबार कालो मास्क लगाएर मौन प्रदर्शन गरेका छन् । २० चैतदेखि काठमाडौं केन्द्रित प्रदर्शन गरिरहेका शिक्षकहरूले आज काठमाडौंको माइतीघरमा कालो मास्क लगाएर जुलुस निकालेका हुन् । उनीहरूले काठमाडौंको माइतीघरदेखि कालो मास्क लगाएर मौन हुँदै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
यसअघि शिक्षकहरू कहिले सडकमै सुतेर प्रदर्शन त कहिले सिटी फुकेर सडकबाट सरकारको ध्यानाकर्षण गर्दै आएका छन् । नेपाल शिक्षक महासंघको आह्वानमा काठमाडौं उपस्थित भएका शिक्षकहरुले सरकारले चैत्र २५ गतेसम्म पनि आफ्ना मागहरु पूरा नगरे शैक्षिक हड्ताल गर्ने चेतावनी दिएका छन् ।
तस्वीरहरू सहित