२५चैत काठमाडौँ नेपाली बजारमा सोमबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ७०० रुपैयाँ घटेको हो।
महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य १ लाख ७३ हजार ८०० रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुनको मूल्य १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको थियो । यसअघि शुक्रबार १ लाख ७६ हजार ४०० तथा त्यसको अघिल्लो दिन बिहीबार १ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको थियो ।
सोमबार चाँदीको मूल्य भने बढेको छ । आइतबार तोलामा १८०० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर १८३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।