२०८१ चैत्र ३०, शनिबार
युवकको हत्या एकजना पक्राउ

इमाडोलमा युवकको हत्या, एकजना पक्राउ

ललितपुर इमाडोल
इमाडोलमा युवकको हत्या, एकजना पक्राउ

१४ चैत्र काठमाडौं / ललितपुरको इमाडोलमा बुधबार राति एक युवकको हत्या गरिएको छ ।हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।  खुकुरी प्रहार गरी उनको हत्या गरिएको प्रहरीले जनाएको छ । इमाडोलको शिव मन्दिरनजिक रामेछापका ३० वर्षीय रीपक खातीको हत्या गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरि रेग्मीले जानकारी दिए ।

पक्राउ पर्नेमा रामेछापकै २५ वर्षीय सुमन रसाइली हुन् । गए राति बिहीबार  करिब पौने १ बजे खातीमाथि खुकुरी प्रहार गरिएको थियो । मन्दिरमा बोलाएर उनको हत्यागरिएको थियो । घटनाको केही समयपछि रसाइलीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

खाती र रसाइली दुवै ललितपुरको महालक्ष्मी नगरपालिका–४, इमाडोलमा बस्दै आएका थिए । आफ्नो बहिनीलाई जिस्क्याएका कारण खुकुरी प्रहार गरेको रसाइलीले प्रहरीलाई बताएका छन् ।

“बहिनीलाई जिस्क्याएको निहुँमा हत्या गरेको भन्ने छ,” एसपी रेग्मीले भने, “थप अनुसन्धान गर्दै छौँ । हत्या गर्नेलाई राति नै पक्राउ गरेका छौँ ।” दुवैजना रामेछापका र यहाँ पनि एउटै स्थानमा बस्ने भएकाले उनीहरूबीच पहिलेदेखि नै चिनजान रहेको हुन सक्ने प्रहरीको आशंका छ । यसबारेमा पनि प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए । खातीको शव पाटन अस्पतालमा राखिएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस